‘शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठानियोस्’

Rajendra-mahato-ji_20100628चितवन, ३ जेठ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्ना मागको सम्बोधन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
संविधान सभाको मिति घोषणा सहित विभिन्न १२ वुदे माग सहित चितवनमा जारी आमरण अनसनमा बसेका कार्यकर्ताहरुसँगको भेटघाटमा अध्यक्ष महतोले शान्तिपूर्ण आन्दोलनलार्ई कमजोरीका रुपमा नलिन आग्रह गरे । उनले भने, ‘विभिन्न जिल्लामा हाम्रो पार्टीले गरेका शान्तिपूर्ण कार्यक्रममाथि दमन गरिएकोछ, यदि यो दमन नरोकिए गम्भीर परिणाम आउन सक्छ ।’ अनसनकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकोप्रति महतोले सरकारको ध्यानाकर्षण गराएका थिए । विभिन्न ठाउँमा भारतीय पक्षले नेपालको सीना मिचेको घटनालाई चर्काउनुभन्दा कुटनीतिक पहलबाट समाधान गर्नुपर्नेम महतोको जोड थियो ।

प्रतिक्रिया