नियम नमान्ने डेढ दर्जन व्यापारीलाई कारवाही

downloadधनकुटा, २ जेठ । धनकुटा नगरपालिकालाई प्लाष्ट्रिक झोला मुक्त नगर घोषणा भएपनि बजारमा प्लाष्टिकका झोला विक्रि र प्रयोग गर्ने डेढ दर्जन व्यापारीहरुलाई कारवाही गरिएको छ ।
उनीहरुलाई आज नगद जरिवाना सहित कारवाही गरिएको हो । विहिवारे हटिया र धनकुटा बजारमा नियम उल्लंघन गरेर प्लाष्टिकका झोलाहरु प्रयोगमा ल्याउँदै आएका व्यापारी तथा प्रयोग कर्तालाई नगद जरिवाना र सामान जफत गरि कारवाही गरिएको धनकुटा नगरपालिका प्लाष्टिक नियन्त्रण जनचेतना अभियानका संयोजक विजय सन्तोषी राईले जानकारी दिए । धनकुटाको विहिवारे हटियामा प्लाष्टिका झोलामा सामान राखेर विक्रि गरिहेको अवस्थामा मोरङ्ग बेलवारी ३ का राजन खनाल र सप्तरीका जिवन दासलाई चेतावानी दिई सहित दुई÷दुई सय रुपैया जरिवाना गरिएको धनकुटा नगरपालिकाका प्रशासकीय अधिकृत डम्वर रोगुले वताए ।
चार जना व्यापारीहरुको विक्रि गर्न राखिएको सामान सहित प्लाष्टिकका झोला जफत गरिएको छ भने प्लाष्टिकका झोलामा दैनिक उपभोग्य सामाग्रीहरु राखी विक्रि गर्ने १३ जना व्यापारीहरुलाई पहिलो पटक भेटिएकोले चेतावानी दिएको अधिकृत रोगुले बताए । यस्तै सात जना प्लाष्टिकको झोला प्रयोगकर्तालाई अब देखि नबोक्ने शर्तमा सामान्य कारवाही गरी चेतावनी दिएको र तीन केजी प्लाष्टिकको झोला समेत व्यापारी तथा प्रयोगकर्ताहरुबाट जफत गरिएको छ । धनकुटा नगरलाई स्वच्छ, सफा र समुन्नत शहर बनाउने उदेश्यले गत बैसाख १ गते देखी प्लाष्टिक झोला मुक्त नगर घोषणा गरिएको थियो ।

प्रतिक्रिया