नाई भन्दाभन्दै लेखापालले..सुरुवाल तानिदिए

Balatkarरोल्पा, ३० बैशाख । जिल्ला प्रशासन कार्यालय रोल्पामा कार्यरत लेखापाल पदमप्रसाद शाहीले होटेल सञ्चालिका रमिता घर्तीलाई यौनजन्य आपत्तिजनक क्रियाकलाप गरेको भन्दै स्थानीय होटेल व्यवसायी संघले कारबाहीको माग गरेको छ ।
संघले सोमबार लिवाङ्गमा पत्रकार सम्मेलन गरेर लेखापाल शाहीको गलत क्रियाकलापको विरोध गर्दै कारबाहीको माग गरेको हो ।
‘म जनताको सेवक हु,’ लेखापाल शाहीलाई उदृत गर्दै रमिताले भनिन्, ‘जे गरे पनि सबैले सहनु पर्छ भन्दै मलाई हातपात र यौन दुव्र्यवहार गरे ।’ मदिराले मस्त माते पछि लेखापाल शाहीले रमितालाई यौन दुव्र्यबहार गरेको संघको आरोप छ ।
रमिताले सदरमुकाम लिवाङ्गमा नास्ताको होटल व्यवसाय गर्दै आएकी छन् । शाही पनि विगत दुई वर्षदेखि जिल्ला प्रशासन कार्यालय रोल्पामा कार्यरत छन् ।
‘मेरो श्रीमान तथा ससुरा बा सँगै हुनुहुन्थ्यो,’ रमिताले भनिन्, ‘साँझ लोडसेडिङ भएका बेलामा मैनबत्ती निभाएर लेखापालले मलाई समाते । गुप्ताङ्गमा पनि समाते ।’
‘लेखापालले मेरो सुरुवाल तानिदिए,’ उनले भनिन्, ‘मैले नगर्नुस् सर भन्दा मानेन्, म प्रशासनमा काम गर्ने मान्छे । मैले जे गरे पनि हुन्छ ।’ लेखापाल शाहीले रमितालाई जबर्जस्ती यौनदुव्र्यबहार गरे लगत्तै कसैलाई नभन्न धम्की दिएको पीडितको भनाई छ ।
लेखापाल शाहीले यस अघि पनि पटक/पटक मदिरा सेवन गरेर श्रीमानकै अगाडि यौनदुव्र्यवहार गर्ने गरेको आरोप रमिताको छ ।
लेखापाल शाहीले मादक पदार्थ सेवन गरेर आइतवार साँझ पनि आफूले खाना खाँदै आएको चतुर्भुज होटलकी मालिक्नीलाई पनि यौनदुव्र्यवहार गरेका थिए ।
संघका अध्यक्ष हरिबहादुर घर्तीले घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाहीको माग गरे । ‘यौन दुव्र्यबहार गर्ने लेखापाल शाहीलाई तत्काल कारबाही नगरिए आन्दोलन गर्छौं,’ उनले भने ।
लेखापाल शाहीलाई स्थानीय होटल व्यवसायीले लगाएको आरोपका सम्बन्धमा रोल्पा प्रशासनले केही प्रतिकृया दिएको छैन ।

प्रतिक्रिया