हात्तीको आक्रमणबाट झापामा बृद्धाको मृत्यू

Jhapa Districtझापा, २९ वैशाख । झापा जिल्लामा जंगली हात्तीको आक्रमणबाट एक बृद्धाको मृत्यू भएको छ ।
बुधबारे­५ कि ८४ बर्षीया कृष्णकुमारी राईको जंगली हात्तीको आक्रमणबाट आइतबार विहान साढे पाँच बजे मृत्यू भएको प्रहरीले जनाएको छ ।
जंगलबाट निस्किएका ३ वटा हात्तीको समूहले उनलाई घरमा बसिरहेका बेला आक्रमण गरेका थिए ।
हात्तीले राईलाई सुडले टाउकोमा हानेर गम्भीर घाईते बनाएको थियो । गम्भीर घाईते उनको उपचारका क्रममा कन्काई अस्पताल बिर्तामोडमा मृत्यू भएको थियो ।

प्रतिक्रिया