ताइवानलाई आउट गर्दै थ्री–स्टार फाइनल चरणमा

three-starकाठमाडौं, २९ वैशाख । दुई वर्षअघिको विजेता चाइनिज ताइपेइको ताइवान पावर कम्पनीलाई ‘आउट’ गर्दै नेपालको थ्री–स्टार क्लब प्रेसिडेन्स कप फुटबल प्रतियोगिताको फाइनल चरणमा प्रवेश गरेको छ । छनोट चरणअन्तर्गत शनिबार आफ्नो अन्तिम खेलमा ताइवान पावर कम्पनीलाई २–२ को बराबरीमा रोक्दै नेपालको घरेलु लिग विजेता थ्री–स्टार समूह विजेता बन्दै फाइनल चरण पुगेको हो ।
यद्यपि, शनिबार नै मंगोलियाको एर्चिम फुटबल क्लबले बंगलादेशको अबहानी लिमिटेडलाई हराएपछि थ्री–स्टार आफ्नो अन्तिम खेल अगावै फाइनल चरण पुगिसकेको थियो । अघिल्ला दुई खेलमा पनि बराबरी खेलेको ताइवान पावर कम्पनीले नेपालसँग पनि बराबरीमा रोकिएपछि समूहकै कमजोर टोली देखिएको एर्चिम फाइनल चरणमा पुग्ने सौभाग्य प्राप्त भयो ।
समूहमा दुई जित र एक बराबरीपछि नेपालको पाँच अंक भयो । ताइवानसँग बराबरी खेलेको एन्चिमको चार अंक भयो । कुनै पनि नेपाली क्लबले चार वर्षपछि यस प्रतियोगितामा छनोट चरण पार गरेको हो । यसअघि पछिल्लोपटक नेपाल पुलिस सन् २००८ मा छनोट चरण पार गर्दै सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता पुलिसले तीनपटक र न्युरोड टिम(एनआरटी)ले एकपटक सहभागिता जनाए पनि छनोट चरण पार गर्न सकेका थिएनन् । फाइनल चरणमा नेपालसहित ६ टिम रहनेछन् ।
२–० को अग्रता लिएर पनि थ्री–स्टारले ताइवानविरुद्ध खेलभर बराबरी गर्नसमेत निकै दबाबको सामना गर्नुपर्‍यो । खेलको सुरुआतमै डोडोज र प्रकाश बुढाथोकीले गोल गरे पनि सानदार पुनरागमन गर्दै ताइवानले पहिलो हाफमै खेल बराबरीमा ल्याइपुर्‍याएको थियो । पहिलो हाफको २० मिनेटसम्म निकै स्तरीय प्रदर्शन गरेको थ्री–स्टारलाई  ताइवानले समाएको आफ्नो वास्तविक लयलाई रोक्न त्यसपछि निकै हम्मेहम्मे पर्‍यो । दोस्रो हाफमा डोडोज र जगजित श्रेष्ठले निकै राम्रा अवसर खेर फालेका थिए ।
अन्तिमसम्म ताइवानको संघर्ष घरेलु टोलीविरुद्ध सुरुवातमै २–० ले पछि परेर पनि ताइवानले पहिलो हाफमै खेल बराबरीमा ल्याइपुर्‍यायो । मध्याह्न लगत्तै वान भर्सेस वान अवसर खेर फालेको पूर्वविजेता ताइवान अन्तिम २० मिनेट करिब आधा दर्जन अवसरमा चुकेको थियो । यसमध्ये कमजोर फिनिसिङ, थ्री–स्टारका गोलकिपर किरण चेम्जोङको सानदार प्रदर्शन र एक प्रहार साइड बारमा लागेर फर्किएपछि समूहकै सबैभन्दा बलियो मानिएको ताइवान समूह उपविजेतामा समेत योग्य हुन सकेन । यसअघि पहिलो खेल ताइवानसँग बराबरी खेलेर दोस्रो खेलमा थ्री–स्टारसँग २–० ले पराजित भएको एर्चिम अबहानीविरुद्ध अनुमानविपरीत १–० ले जितको नतिजा निकालेपछि रोमान्चक समीकरणमा छनोट दौडमा देखिएको थियो । थ्री–स्टारले कम्तिमा बराबरी खेल मात्र पनि एर्चिमलाई फाइनल चरणको यात्रा सम्भव हुने थियो र भयो त्यसै पनि ।

प्रतिक्रिया