लोकतान्त्रिक संविधान निर्माण भए मात्रै देशले गति लिन्छ : पौडेल

काठमाडौं, २९ वैशाख ।  कांग्रेस उपसभापति रामचन्द्र पौडेलले लोकतन्त्र संस्थागत गर्न लोकतान्त्रिक शक्तिबीच एकता जरुरी भएको बताएका छन । नेपाल विद्यार्थी संघ तनहुँ–काठमाडौं सम्पर्क समितिद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी संविधानसभा चुनावबाट लोकतान्त्रिक संविधान निर्माण भए मात्रै देशले गति लिने बताए ।
जनताको आर्थिक तथा सामाजिक रूपान्तरण गरेर मात्र मुलुक आर्थिक समृद्धिको बाटोमा लाग्ने र त्यसका लागि राजनीतिक स्थिरताको आवश्यक रहेको उपसभापति पौडेलले बताए । कार्यक्रममा उनले कुमार लौडारीको ‘जननायक विपी कोइराला’ नामक पुस्तक विमोचनसमेत गरे ।

प्रतिक्रिया