अबैध हतियारसहित तीन जना पक्राउ

कपिलवस्तु, २८ वैशाख । कपिलवस्तु जिल्लामा प्रहरीले अबैध हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।
गस्तीमा रहेको प्रहरीले शनिबार विहान एक बजे चनाई–९, मधुवा गाँउमा सर्च गर्ने क्रममा शंकर मल्ल, बिफाई चौरी र सुदन विक्रम मल्ललाई अबैध हतियार र सामानसहित पक्राउ गरेको हो ।
प्रहरीले शंकर मल्लको घरबाट बाह्रबोको राईफल २ थान, बन्दक बनाउन प्रयोग हुने नाल २ थान बरामद गरेको छ । बिफाई चौधरीको घरबाट एयरगन १ थान तथा सुदन विक्रम मल्लको घरबाट मृगको छला १ थान बरामद भएको प्रहरी भनाई छ ।

प्रतिक्रिया