सूर्योदयमा विद्यार्थी नेता चयन

Suryodaya-Boarding-School,-काठमाडौं, २६ वैशाख । सूर्योदय आवासीय माध्यमिक विद्यालय डिल्लीबजारका विद्यार्थीले पूर्ण निर्वाचन प्रणालीमार्फत आफ्ना विद्यार्थी नेता चयन गरेका छन् ।

शनिबार विद्यालयमा आयोजित कार्यक्रममा नेताको चयन गरिएको हो । देशभक्तिको भावना नेताहरूमा कमजोर देखिएका बेला विद्यार्थी नेतामा आकाश सापकोटा चयन भएका हुन् ।

त्यसै गरी, क्याप्टेन तथा सहक्याप्टेनहरूमा आकाश मगर, गौरब थापा, गरिमा श्रेष्ठ, अनिकेत अधिकारी, सञ्जना खनाल, भावना धमला, जेनिशा सुवेदी, सञ्जुला क्षेत्री, मनका श्रेष्ठ, प्रतिभा ढुङ्गाना, निशा गुप्ता, विशान्त मानन्धर, एजङ्ग राई निर्वाचित भए ।

निर्वाचित उम्मेद्वारहरूलाई शपथ ग्रहण गराउँदै प्रिन्सिपल लक्ष्यबहादुर केसीले विद्यार्थीमा राष्ट्रियता बीजारोपण भएको बताए ।

निर्वाचन संयोजक राजेन्द्र कपालीले विगत धेरै वर्षदेखि अभ्यास गरिएकाले विद्यार्थीमा सकारात्मक असर परेको बताए ।

प्रतिक्रिया