घरेलु मदिरा नष्ट

रोल्पा : रोल्पाको इरिबाङमा प्रहरीले एक हजार आठ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय इरिबाङबाट गएको एक टोलीले स्थानीयवासीको सहयोगमा बुधबार इरिबाङ–४ र ९ स्थित बजारमा छापा मारी उक्त मदिरा नष्ट गरिएको हो । प्रहरी नायब निरीक्षक नारायण थापाको नेतृत्वको प्रहरी टोलीले स्थानीय होटेलमा चेकचाँज गर्ने क्रममा भेटिएको सो अवैध मदिरा राजनीतिक दलका स्थानीय प्रतिनिधि, मानवअधिकारकर्मी, पत्रकार तथा स्थानीयवासीको रोहबरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । पछिल्लो समय स्थानीय होटलमा छाडा रूपमा मदिरा बिक्री भइरहेकाले कोलाहल र झैझगडाका घटना भइरहेका छन् । (सौस)

प्रतिक्रिया