अध्यक्ष दाहालद्वारा कार्कीको बचाउँ

Prachand 1काठमाडौं, २६ वैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमान सिंह कार्कीलाई राष्ट्रपतिले नियुक्त नगरेको भए मुलुकमा झन् खतरा हुन सक्ने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले कार्कीको विरोध गर्न नहुँने भन्दै बचाउँ गरे । ‘लोकमान सिंह कार्कीको विरोध गर्नु हुँदैन,’ उनले भने, ‘राष्ट्रपतिले कार्कीलाई नियुक्त नगरेको भए मुलुकमा झन् खतरा हुने थियो ।’
मुलुकका लागि कस्तो खतरा हुने हो त्यस बारेमा भने अध्यक्ष दाहालले स्पष्ट केही बताएनन् । कार्कीको नियुक्तिलाई लिएर विरोध भईरहेका बेला दाहालले उनको बचाउन गरेका हुन् ।
उनले प्रमुख आयुक्त कार्कीलाई कांग्रेस, एमाले र मधेसी मोर्चाको समर्थन रहेको बताए । ‘कार्कीलाई मैले प्रस्ताव गरेको हुँ,’ उनले भने, ‘मैले प्रस्ताव गरे पनि कुनै दलले विरोध नगरेर समर्थन गरेका हुन् ।’

प्रतिक्रिया