सरकारद्वारा शुक्रबार सर्वदलीय बैठक आह्वान

Khilraj-Regmi'sकाठमाडौं, २६ वैशाख । निर्वाचनको मिति र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न सरकारले भोलि (शुक्रबार) सर्वदलीय बैठक आह्वान गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा र सरकारको तयारीका बारेमा जानकारी गराउने सर्वदलीय बैठक बोलाउने निर्णय गरेको हो । बैठकमा सरकारले हाल सम्म गरेको निर्वाचनको तयारीका बारेमा पनि दलहरुलाई जानकारी गराउने  छ ।
प्रमुख चार राजनीतिक शक्ति एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चासहभागी उच्चस्तरीय राजनीतिक मितिले निर्वाचनको मिति तोक्न दवाव दिई रहेका बेला सरकारले सर्वदलीय बैठक बोलाएको छ । दलहरुले मंसिरको पहिलो साता निर्वाचन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
सर्वदलीय बैठकमा आन्दोलनरत नेकपा–माओवादीसहितका दलहरुलाई पनि बोलाईने छ ।

प्रतिक्रिया