फिल्म सोसाइटीले र्‍याली गर्ने

काठमाडौं : नेपाल फिल्म सोसाइटीले आगामी शनिबार अर्थात् वैशाख २८ गते क्यास्ट्रोल जिटिएक्स मोटर र्‍यालीको आयोजना गर्ने भएको छ । संयुक्त राष्ट्रसंघले सडक सुरक्षाका लागि अघि सारेको नारा सुरक्ष्ीित एवं दिगो सडकलाई अगाडि बढाउने क्रममा यो र्‍याली आयोजना गर्न लागिएको मंगलबार आयोजित पत्रकार भेटघाटका क्रममा सोसाइटीले जानकारी गरायो ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानपरिसरबाट बिहान ११ बजे सुरु हुने उक्त र्‍याली काडमाडौं र ललितपुरको विभिन्न स्थानको परिक्रमा गर्दै पुन: कमलादीमै आएर टुंगिनेछ । सोसाइटीले समापन अवसरमा सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरणसमेतको आयोजना गर्नेछ ।
स्वदेशका चर्चित चलचित्रकर्मीको सहभागिता रहने यस कार्यक्रमलाई नेपाल अटोमोबाइल स्पोर्ट्स एसोसिएसन (नासा)को सहप्रायोजन रहेको छ । सडक दुर्घटना दिनदिनै भइरहेको अवस्थामा सम्बन्धित सबैलाई चेतना गराउन आफूहरूले यो कार्यक्रम आयोजना गरेको आयोजक संस्था नेपाल फिल्म सोटाइटीका अध्यक्ष कृष्ण मल्लले बताए । उनले सबै पक्षलाई र्‍यालीमा सहभागी हुनसमेत अनुरोध गरे ।
कार्यक्रमा निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, निर्देशक रमेश बुढाथोकीलगायत कलाकर्मीको उपस्थिति रहेको थियो । नेपालमा ट्राफिक अव्यवस्था एवं सडक दुर्घटनाको संख्या बढिरकेका बेला आयोजना गर्न लागिएको यस र्‍यालीले दुर्घटनाप्रति सजगता अपनाउन र चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले लिएको छ । (सौस)

प्रतिक्रिया