राष्ट्रपतिले जनभावना बुझेनन् : एमाले

UML 1काठमाडौं, २५ वैशाख । एमालेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमान सिंह कार्कीलाई नियुक्त गर्ने निर्णयबाट आफू गम्भीर र स्तब्ध भएको जनाएको छ ।
पार्टी मुख्यालय बल्खमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकले आफूहरुको गम्भीर असहमति हुँदा/हुँदै राष्ट्रपतिले कार्कीलाई प्रमुख आयुक्तमा नियुक्त गरेको जनाएको छ ।
उच्चस्तरीय राजनीतिक समितिको बैठकमा एमाले अध्यक्ष झलनाथ खनालले कार्कीलाई प्रमुख आयुक्त बनाउने निर्णयमा हस्ताक्षर समेत गरेका थिए ।
‘पार्टीको गम्भीर असहमतिका वावजुद संवैधानिक परिषदबाट लोकमान सिंह कार्कीको नाम नियुक्तिका लागि सिफारिस गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिज्यूबाट कार्कीलाई उक्त पदमा नियुक्त गरिएको कुराले पार्टी गम्भीर र स्तब्ध भएको छ ।’
एमालेले राष्ट्रपतिको सो कदम ऐतिहासिक जनआन्दोलनको भावना र परिवर्तनको प्रक्रिया विपरित रहेको दाबी गरेको छ ।
एमालेले कार्कीको नियुक्ति प्रति असहमति जनाउँदै खेद समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया