विद्यार्थी संगठनहरुद्वारा उपत्यका बन्द फिर्ता

काठमाडौं, २५ वैशाख । आन्दोलनरत विद्यार्थी संगठनहरुले भोलि (बिहीबार)का लागि तय गरेको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएका छन् ।
काठमाडौंमा आज (मंगलबार) बसेको नेविसंघ, एमाले निकट अनेरास्ववियु, नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरुको बैठकले उपत्यका बन्द फिर्ता लिने निर्णय गरेको हो । बन्दको चौतर्फी विरोध समेत भएको थियो ।
बिहीबार आमाको मुख हेर्ने पर्व परेकाले उपत्यका बन्दको कार्यक्रम फिर्ता लिने निर्णय गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । ‘आमाको मुख हेर्ने दिन परेकाले उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएका छौं,’ उनले भने, ‘उपत्यका बन्दको सटो वैशाख–२९ गते नेपाल बन्द गर्ने निर्णय भएको छ ।’
लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गरेको विरोधमा विद्यार्थी संगठनहरु आन्दोलनमा छन् ।

प्रतिक्रिया