खैरो हेरोइनको विकल्पमा औषधि

स्रोतका अनुसार खैरो हेरोइनविरुद्ध प्रहरीले विशेष अभियान सञ्चालन गरेपछि मेडिकल औषधिको खपत बढेको छ । कारोबारी पक्राउसँगै हेरोइनको बजार मूल्य बढेका कारण दुव्र्यसनीले विकल्पका रूपमा यस्ता औषधिलाई लागुऔषधका रूपमा  प्रयोग गरेको प्रहरी स्रोत बताउछ । दुव्र्यसनीले बिरामीका लागि दिइन नाइट्रोजेपाम, मेथाडन, बुप्रेनर्फिन, डाइजेपाम, मेडाजेपाम, अक्साजेपाम, मर्फिन, फेन्ट्रमाइन, फल्कोडिनलगायत औषधि बढी प्रयोग गरिरहेको प्रहरीले जनाएको छ  ।
गत वर्ष मात्र प्रहरीले ३२ हजार एम्पुल डाइजेपाम र बुप्रेनर्फिन बरामद गरेको थियो । गत कात्तिकमा प्रहरीले ७ हजार एम्पुल डाइजेपाम र बुप्रेनर्फिनसहित चार कारोबारीलाई पक्राउ गरेको थियो । प्रहरीले एकै अप्रेसनमा आठ हजार एम्पुल बुप्रेनर्फिन र डाइजेपामसमेत बरामद गरेको थियो । गत जेठमा जगन्नाथ देवलबाट प्रहरीले आठ हजार एम्पुल डाइजेपाम र बुप्रेनफिर्नसहित तीन कारोबारी समातेको थियो ।

प्रतिक्रिया