देश अब कलाले पाल्छ

IMG_0034-(3)शान्ति र सिर्जनाका लागि तेस्रो राष्ट्रिय ललितकला प्रदर्शनी ०७० आयोजना भएको छ । यही वैशाख २ गतेदेखि सुरु भएको प्रदर्शनीमा मूर्तिकला, चित्रकला, लोक कला, हस्तकलालगायतका कलाका विभिन्न विधाका थुप्रै कलाकृतीहरू समेटिएको छ । नेपाली कलाकारलाई हौसला र प्रोत्साहन प्रदान गर्ने प्रदर्शनीको मूल उद्देश्य रहेको छ । प्रस्तुत छ प्रदर्शनीका संयोजक प्राज्ञ रविनकुमार कोइरालासगँ कलासम्बन्धी रहेर सौर्यले गरेको वार्तालाप ।

राष्ट्रिय ललितकला प्रदर्शनीको मूल उद्देश्य के हो ?
शान्ति र सिर्जनाका लागि तेस्रो राष्ट्रिय ललितकला प्रदर्शनी–०७० को आयोजना गरिएको हो । ललितकला प्रज्ञा–प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष ललितकलाका सबै विधा सम्बोधन हुनेगरी प्रदर्शनी आयोजना हुन्छ । यसको मूलभूत उद्देश्य वर्ष भरी निर्मित ताजा कलाकृतिहरूको प्रदर्शनी एवं कलाकारलाई हौसला र कलाका पारखीलाई परम्परागतदेखि समसामयिकसम्मको स्वाद दिलाउनु हो ।
प्रतिष्ठान गठनपछिका भएका मुख्य काम के–के हुन् ?
नियमित राष्ट्रिय प्रदर्शनी र प्रतियोगिताहरू गरी कलाकारहरूलाई सम्मान र पुरस्कृत गरिरहेका छौँ । देशका कुनाकुनामा कला कार्यशाला, लघु–अनुसन्धान, साथै बंगलादेशमा भएका दुई एसियन आर्ट वाइनालमा तीन दर्जन कलाकरका कलाकृति प्रदर्शन गरेका थियौँ । सो प्रदर्शनीमा एउटा कृतिले अन्तर्राष्ट्रिय विशेष पुरस्कार नै पायो । तर, यति हुँदाहुँदै पनि हामीले कलालाई संस्थागत र अझ गरिमामय बनाउने कुरामा धेरै काम गर्न बाँकी छ ।
प्रदर्शनीले देशव्यापी प्रभाव पारेको छ त ?
देशका प्राय: सबै ठाउँका धेरै विधाका कलाकृतिहरू प्रदर्शित यसले सबै वर्गलाई समेटेको छ । यसमा एक सय ५० देखि ६ लाख रुपियाँसम्मका कलाकृति छन् ।
अन्य प्रर्दशनीभन्दा कला प्रदर्शनी मधुर (सानो) हँुदै गइरहेको छ नी ?
सबैको आ–आफ्नै महत्त्व हुन्छ । हातका आँैला समान नभए पनि मुठी पार्न समान भूमिका रहन्छ । त्यस्तै हो कला प्रदर्शनी पनि । यो व्यक्तिको चाहना र सोखमा भर पर्छ ।
नामचलेका २–४ कलाकारका कलाकृति प्रदर्शनीमा राख्दैमा सबै क्षेत्र समेट्छ त ?
३ सय ९३ कलाकारका ४ सय ६७ कलाकृति यसमा छ । यी भित्र नाम चलेका/नचलेका नव प्रतिभा सबै पर्दछन् । कला जीवन उन्नत बनाउने आधार हो ।
प्रदर्शनीमा दिने पुरस्कार सधैँ विवाद पर्छ नी ?
कुनै पनि काम विवाद रहित हँुदैन । विवादै भएन भने लोकतन्त्र नरहेको आभाष हुन्छ । तैपनि, मलाई थाहा छ यसपटक विवाद हँुदैन । किनभने प्राज्ञ मित्रहरू आपैँm जज हुनुहुन्छ । हामीमा नयाँ पुस्तालाई पुरस्कार र पुरानालाई सम्मान गर्ने प्रथा छ ।
यसमा रुचि भएकाले ज्ञानको दायरा बढाउन चाहेमा के कार्यक्रम छ त ?
अरूका कलाकृति हरेका, पढेका भरमा जानकारी त बढ्ला तर ज्ञान बढ्दैन । हामीले कलाकार बन्नुअघि हरेक सामान्य र असामान्य कलाका मुभमेन्ट र त्यसका भौतिक अवस्थाको जानकारी लिनुपर्छ । प्रतिष्ठानले कलाका कार्यशालाबाहेक विश्वप्रख्यात कलाकारका जीवनीमा फिल्म, डकुमेन्ट्री र प्रख्यात कलासमीक्षकका प्रख्यात कलाकृति माथिको बहस र छलफलका कार्यक्रमको तयारी सुरु हुँदै छ ।
अबका कलाकृतिले सम्बोधन गर्नुपर्ने खास विषय के–के हुन् ?
कला स्वतन्त्र अभिव्यक्ति दिने रचना हो । कलाकारलाई दिशा निर्देशन गर्न सकिन्न तर भनेको गर्छन् । अबका कलाकृतिले आम जनताको भोगाइ उतार्नु पर्छ । कलाकृतिका रचनाकार स्वप्नवादीभन्दा पनि समाजलाई सुसन्देश दिनसक्ने र विचारशील एवं कर्मशील हुनुपर्दछ ।
यसले राष्ट्रलाई के दिन्छ ?
कलाले देशको नाम, यश र संस्कृति विश्वमा चिनाउँछ । मलाई लाग्छ आगामी दिनमा देशलाई कला, संस्कृति र पर्यटनले पाल्नेछ ।

प्रतिक्रिया