श्रीमतीको हत्या

नवलपरासी : नवलपरासीको कावासोतीमा शनिबार राती एक महिला श्रीमानबाट मारिएकी छिन् । शिवमन्दिर–२ बस्ने तीस वर्षीय पार्वती पौडेल सुतिरहेको बेला श्रीमान विश्वास पौडेलले  हत्या गरेको प्रहरीले जनाएको छ । अभियुक्त विश्वासले प्रहरीसँगको वयानमा श्रीमती सुतिरहेको बेला सिलौटोले टाउकोमा हिर्काएर हत्या गरेको स्विाकार गरेको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायव उपरिक्षक विमल बस्नेतले जानकारी दिए । अभियुक्त विश्वासलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अभियुक्तलाई कडा कारवाहीको माग गर्दै नवलपरासीका महिलाहरूले पुर्वपश्चिम राजामार्ग अवरुद्व गरि विरोधमा उत्रेका छन् । प्रहरीको नियन्त्रणमा रहेका विश्वासलाई घट्नास्थल उभ्याउन माग गर्दै आक्रोसित भिडले लास पोष्टमार्टम गर्न लाने क्रममा प्रहरीमाथी ढुङ्गा–मुढा प्रहार गरेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड आंश्रु ग्यास प्रहार गरेका थिए

प्रतिक्रिया