रेग्मी सरकार चुनाव चाहेकै छैन: नेता पोखरेल

Lilamani-Pokharelरोल्पा, २२ वैशाख । एमाओवादीका नेता लीलामणि पोखरेलले खिलराज रेग्मी नेतृत्वको वर्तमान सरकारले चुनाव गराउन नचाहेको आरोप लगाएका छन् ।
क्रान्तिकारी पत्रकार संघ रोल्पाले आइतबार लिवाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले सरकार निर्वाचनको पक्षमा नरहेको बताएका हुन् । ‘सरकारको आयु लम्ब्याउन रेग्मी सरकारले संविधानसभाको मिति घोषणा गर्न ढिलाइ गरेको हो,’ उनले भने, ‘यही सरकारका कारण असारमा चुनाव हुन सकेन र मंसिरमा पनि चुनाव हुने कुनै ग्यारेन्टी छैन ।’
उनले चुनावदेखि कांग्रेस–एमाले पनि डराएको बताए । ‘एमालेका केही प्रभावशाली नेताहरु एमाओवादीमा प्रवेश गरेका कारण पनि एमाले निर्वाचनमा जान डराएको छ,’ उनले भने ।
उनले बाहिरबाहिर कांग्रेस र एमाले चुनाव चाहेजस्तो गरे पनि आत्मैदेखि उनीहरु चुनावको विरोधी रहेको आरोप लगाए ।

प्रतिक्रिया