जेठ २३ गते स्ववियू निर्वाचन

काठमाडौं, २१ बैशाख । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी यूनियनको मिति घोषणा गरेको छ ।
त्रिवि कार्यकारणी परिषद्को आज बसेको बैठकले आगामी जेठ २३ गते स्ववियू निर्वाचनको मिति सार्वजनीक गरेको हो । जेठ १५ गते हुदै आएको बर्खे बिदा असार १ गते देखि हुने निर्णय पनि त्रिविले गरेको छ । यसअघि जेठ १३ गते स्ववियू निर्वाचन गर्ने घोषणा गरिएपनि जेठ दोश्रो साता शिक्षा सेवा आयोगको परीक्षाका कारण त्रिविले स्ववियू मिति पछि सारेको हो । प्रत्येक दुई दुई बर्षमा हुनुपर्ने स्ववियू निर्वाचन विभिन्न कारणले गर्दा ५ बर्षपछि हुन लागेको हो । त्रिविले स्ववियू निर्वाचनमा उमेरहदबन्दी लगाउनुका साथै समानुपातिक निर्वाचन प्रणालीबाट स्ववियू निर्वाचन हुने यस अघि नै निर्णय गरिसकेको छ ।

प्रतिक्रिया