जवरजस्ती चन्द माग्ने तीन जना पक्राउ

hatkadiकाठमाडौं, २१ वैशाख । काठमाडौंमा जवरजस्ती चन्दा संकलन गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
टेकुस्थित शिवशक्ति बनस्पति घ्यू उद्योगका संचालक राहुल गाडीयाको कार्यालयमा शुक्रबार जवरजस्ती चन्दा संकलन गरिरहेका तीनजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गौशाला बस्ने ओलखढुंगा जिल्ला घर भएका २४ बर्षीय अन्जान थापा, खोटाङ जिल्ला हलेसी–४ घर भएका ३० बर्षीय केपी कटुवाल र काठमाडौं गोठाटार–३ बस्ने २२ बर्षीय अमृत चापागाई रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले चन्दा माग गरेको पत्र र सहयोग रसिद २१ थान बरामद गरेको छ ।

प्रतिक्रिया