प्रधानसेनापति पश्चिमाञ्चलतिर

काठमाडौं, २१ वैशाख  ।  प्रधानसेनापति गौरव शम्शेर जवरा पश्चिम पृतनाअन्तर्गतका युनिटको निरीक्षण भ्रमणका लागि पश्चिमाञ्चल प्रस्थान गरेका छन् ।  उनले पश्चिम पृतनाअन्तर्गतका गण, गुल्म, बाहिनी, पृतना एवं शिक्षालयको निरीक्षण गर्ने सैनिक जनसम्पर्क निर्देशनालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । उनको भ्रमण मंगलबारसम्म हुनेछ । जवराले शुक्रबारै गोरखास्थित भैरवदल गण, लमजुङको पशुपतिप्रसाद गण, तनहुँस्थित नम्बर–३ बाहिनी अड्डा र कास्कीस्थित पश्चिम पृतना हेडक्वाटरको निरीक्षण गरेको विज्ञप्तिमा उल्लेख छ ।
भ्रमणका क्रममा जवराले गण, बाहिनी तथा पृतनाको जिम्मेवारी क्षेत्रमा तैनाथ फौजको तालिम, बन्दोबस्ती, हौसला एवं शान्ति सुरक्षाको अवस्थाबारे जानकारी पनि लिएका छन् ।

प्रतिक्रिया