पोखरा विश्वविद्यालयको पढाइबारे छलफल

काठमाडौं, २१ वैशाख । सरोकारवालाले पोखरा विश्वविद्यालयको सेमेस्टर प्रणालीमा हुने पढाइ सुधार गर्न आवश्यक रहेको बताएका छन् ।
अनेरास्ववियु पोखरा विश्वविद्यालय कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रमका वक्ताले सेमेस्टर प्रणालीको गुणस्तर खस्किरहेको भन्दै सुधार गर्न जोड दिएका हुन् । विश्विद्यालयका उपकुलपति खगेन्द्रप्रसाद भट्टराईले प्रतिस्पर्धी शिक्षासँग विश्वविद्यालयको पढाइमा गुणस्तर ल्याउन आवश्यक रहेको स्वीकार गरे । विश्वविद्यालय एक्लैले मात्र शिक्षालाई प्रतिस्पर्धी बनाउन नसक्ने भन्दै सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका डिन डा. भरतराज पहारीले सक्षम विद्यार्थी उत्पादन अहिलेको आवश्यकता रहेको बताए । दक्ष जनशक्ति उत्पादनका लागि पाठ्यक्रम परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया