निरौलालाई उछिनेर न्यौपाने आयोग पुगे

badri neupaneकाठमाडौं, २० वैशाख । आन्तरिक विवादका कारण विभाजित चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले दल नवीकरण र दर्ताका लागि निर्वाचन आयोगमा निवेदन बुझाएको छन् ।
आज दलबलसहित आयोग कार्यालय कान्तिपथ पुगेका चुरे भावरका असन्तुष्ट समूहका कार्यबाहक अध्यक्ष बद्री न्यौपानेले नवीकरणका लागि निवेदन दर्ता गरेका हुन् । उनले आफूहरु आधिकारिक चुरे भावर रहेको दाबी गरे ।
बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहभागी हुने विषयलाई लिएर सो पार्टी दुई फ्याक भएको थियो । हिमालयभक्त प्रधान तथा बद्री न्यौपाने समूहले आफूहरु आधिकारिक रहेको दावी गर्दै आएको छ भने भूमिराज निरौला समूहले पनि आफूलाई आधिकारिक दलको दाबी गरिरहेको छ । चुरे भावरको विवाद आयोगमै विचाराधिन छ ।
सो पार्टीका अध्यक्ष प्रधान सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा प्रहरी नियन्त्रणमा छन् ।
पार्टीमा आधिकारिकताको विवाद हुँदा/हुँदै बद्री न्यौपाने समूहले भूमिराज निरौला समूहलाई उछिनेर आज दल दर्ता र नवीकरणको निवेदन दिएको हो ।

प्रतिक्रिया