समितिको बैठक छिट्टै बोलाउने सहमति

puspakamal n sushil koiralaकाठमाडौं, २० वैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभपाति सुशील कोइरालाबीच उच्चस्तरीय राजनीतिक समितिको बैठक छिट्टै बालाउने सहमति भएको छ ।
कोइराला निवास महाराजगञ्जमा आज भएको भेटबार्ताका क्रममा आन्दोलनरत दलहरुसँग वार्ता गर्ने विषयमा रणनीति बनाउन समितिको बैठक बोलाउने सहमति भएको हो । लामो समय सम्म समितिको बैठक बस्न नसकिरहेका बेला दाहाल र कोइरालाबीच भेटबार्ता भएको हो ।
मंसिरमा हुने भनिएको निर्वाचन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत छलफल भएको सभापतिको काइरालाका निजी सहयोगी लक्ष्मण ढकालले जानकारी दिए । ढकालले मंसिरमा हुने भनिएको निर्वाचनको मिति तोक्न पनि सरकारलाई आग्रह गर्ने विषयमा दुई शीर्ष नेता सहमत भएको जानकारी दिए ।
भेटका क्रममा अध्यक्ष दाहालले आफ्नो चीन र भारत भ्रमणका बारेमा पनि सभापति कोइरालालाई जानकारी गराएका थिए । चीन र भारत भ्रमण सकारात्मक रहेको जनाएका दाहालले नेपालमा राजनीतिक स्थायित्व र निर्वाचनका बारेमा उनीहरु सकारात्मक रहेको जनाए ।
चीन भ्रमण लगत्तै भारत भ्रमण सकेका दाहाल हालै स्वदेश फिर्ता भएका हुन् ।

प्रतिक्रिया