मेगा बैंक र बेस्ट रेमिटबीच सम्झौता

Megha-Bankकाठमाडौं : मेगा बैंक नेपाल लिमिटेड र बेस्ट रेमिट कम्पनीबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । मेगा महल कान्तिपथमा मेगा बैंककी नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र बेस्ट रेमिटका अध्यक्ष राजेन्द्र श्रेष्ठले सम्झौतापत्रमा संयुक्त हस्ताक्षर गरे । सम्झौतापछि बेलायत, जापान, कोरिया, अस्ट्ेरलिया, अमेरिका, हङकङलगायत देशमा रहेका नेपालीले सहज र सरल रूपमा रेमिट्यान्स पठाउन सक्नेछन् । बेस्ट कम्पनीमार्फत विदेशबाट पठाइएको रकम मेगा बैंकका देशभर छरिएका २८ वटा शाखाबाट सहजै भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।
मेगा बैंकले यसअघि नै संयुक्त अरब इमिरेट्सको दुबई, बहराइन, कुबेत, बेलायतबाट मेगा रेमिट सेवा प्रदान गर्दै आएको छ । यसैगरी, बेस्ट रेमिटसँगै प्रभु रेमिट, आइएमई, हिमाल रेमिट, जेएमई, सिटी एक्सप्रेस, युनाइटेड रेमिट, मनी ग्राम, डिजी टेकलगायत रेमिट्यान्स कम्पनीसँगको साझेदारीमा विश्वका सम्पूर्ण मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

प्रतिक्रिया