ट्याक्सी चालकद्वारा नसालु पदार्थ सुघाएर लुटपाट

KTMकाठमाडौं, १९ वैशाख । काठमाडौंमा ट्याक्सी चालकले नसालु पदार्थ सुघाएर अञ्जना दाहालको गरगहना र नगद लुटपाट गरेका छन् ।
बौद्ध जोरपाटीमा नम्वर नखुलेको ट्याक्सी चालकले आज विहान करिव पौने दश बजे जोरपाटी निवासी ३० बर्षीया दाहाललाई नसालु पदार्थ सुघाएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।
ट्याक्सी चालकले दाहालका कानमा रहेको एक तोलाको मुन्द्रा २ थान र केही नगद लुटपाट गरेका हुन् । ट्याक्सी चालकले दाहालको धनमाल लुटे पछि उनलाई नागपोखरीमा लगेर छाडेका थिए ।

प्रतिक्रिया