आकर्षणका लागि अंगप्रदर्शन आवश्यक छैन : मिली

miley-cyrus-profileलन्डन : हलिउड, बलिउडका हुन् या अन्य क्षेत्रका सेलिब्रेटी, आफूलाई आकर्षक देखाउन अंगप्रदर्शन माध्यमका रूपमा अपनाउने गरेका छन् । अंगप्रदर्शनबाट कैयाँै सेलिब्रेटी रातारात स्टार भएका उदाहरण पनि प्रशस्त छन् । यस मामिलामा विपरीत देखिएकी छन्, हलिउडकी गायिका मिली साइरस । सेलिब्रेटीले आकर्षक देखिन अंगप्रदर्शन गर्नु नपर्ने उनको भनाइ छ ।
‘आकर्षण देखिन अंगप्रदर्शन गर्नु जरुरी छैन,’ मिलीले भनिन्, ‘स्टारको पहिचान नै एक आकर्षण हो, यसका लागि आºनो सुन्दरतालाई कामुकतामा ढाल्नु पर्दैन । मलाई अहिले भन्न पनि दु:ख लागिरहेको छ कि मानिस ग्ल्यामर र भल्गरमा फरक छुट्याउन सकिरहेका छैनन् ।’ २० वर्षीया यी गायिका मिलीले ग्ल्यामरको नाममा हुने भल्गारिटीलाई रोक्नुपर्ने बताइन् ।
एक कलाकारका लागि कहिल्यै पनि अंगप्रदर्शन आकर्षक देखाउने माध्यम नहुने बताउँदै मिलीले भनिन्, ‘सेलिब्रेटीले सधँै यस्तो माध्यमको खोजी गर्नुपर्छ, जुन माध्यमले आफूलाई सबैका सामु आकर्षक रूपमा परिचित गराओस् ।’ (एजेन्सी)

प्रतिक्रिया