हरि र सूर्य मलेसिया जाने

काठमाडौं : जापान कराते दो गोजोरियो ओसिकाई संघ नेपालको वार्षिक कार्यक्रमअनुसार मलेसियाको पेराकमा ३–५ मेसम्म सञ्चालन हुने दसौँ ओकिनावा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागिता जनाउन सूर्यबहादुर भेटवाल र हरिकुमार चन्द बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् ।

एसियाली र अफ्रिकन मुलुकका १६ राष्ट्रको सहभागिता रहने प्रतियोगितामा चन्दले ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् भने भेटवालले निर्णायकको भूमिका निर्वाह गर्दै छन् । उक्त प्रतियोगिता सम्पन्न भएपछि एकहप्ते विशेष प्रशिक्षणमा सहभागिता जनाउन हरि र सूर्य सिंगापुर प्रस्थान गर्ने संघले जनाएको छ । मलेसियन निवासी आठौँ डान आनन्दथनले प्रशिक्षण सञ्चालन गर्नेछन् । (सौस)

प्रतिक्रिया