५९ बालिकाको सामूहिक बेलविवाह

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १२ स्थित ब्रह्म स्पोर्टस क्लबको आयोजनामा संयुक्त बेलविवाह कार्यक्रम सम्पन्न भएको छ ।
नेवार महिलाले वास्तविक विवाहअघि बेल विवाह, सूर्य दर्शन (गुफा राख्ने) गर्नुपर्ने मान्यता छ । वास्तविक विवाहअघि नै बेल र सूर्यसँग विवाह गरिसकेको हुने हुँदा महिलाहरू कहिले पनि विधवा नहुने विश्वास छ । बेलविवाहमा ५९ बालिकाले भाग लिएको क्लबका अध्यक्ष बालकृष्ण महर्जनले बताए । (सौस)

प्रतिक्रिया