कांग्रेसले बहुमत ल्याउनै पर्छ : देउवा

वीरगन्ज : नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक संविधान बनाउन अबको संविधानसभा चुनावमा कांग्रेसले बहुमत ल्याउनैपर्ने बताएका छन् ।
वीरगन्जमा मंगलबार पत्रकारसँग कुरा गर्दै नेता देउवाले अघिल्लो संविधानसभा चुनावमा कांग्रेसले बहुमत प्राप्त नगरेका कारण संविधान निर्माण हुन नसकेको बताए । ‘संघीय लोकतान्त्रिक संविधान बनाउने हो भने अबको संविधानसभा चुनावमा कांग्रेस बहुमतमा आउनैपर्छ,’ देउवाले भने । उनले लोकतन्त्रको प्रवद्र्धन, राजनीतिक स्थायित्व र राष्ट्रिय अस्मिता रक्षाका लागि चुनाव हुन लागेको उल्लेख गर्दै यसलाई सफल बनाउनु सबैको कर्तव्य भएको बताए । नेकपा–माओवादी र फोरम नेपाललाई पनि सहमतिमा लिएर चुनावमा जानुपर्ने भन्दै उनले ती दल पनि चुनावमा सहभागी हुने विश्वास व्यक्त गरे । (सौस)

प्रतिक्रिया