पत्रकारमाथि भएको दुव्र्यवहारको निन्दा

काठमाडौं, १८ वैशाख । नेपाल पत्रकार महासंघले महासंघको बैतडी शाखाका अध्यक्ष नरेन्द्र भट्ट र सभासद् गोकर्ण दयालमाथि प्रहरीले दुव्र्यवहार गरेको भन्दै आपत्ति जनाएको छ ।

महासंघले मंगलबार विज्ञप्तिमार्फत भट्ट र दयालमाथि प्रहरी नायव उपरीक्षक कमल खरेलको निर्देशनमा गोठलापानी प्रहरी चौकीका हवल्दार मोहन विष्टले १५ वैशाखमा दुव्र्यवहार गरी भौतिक कारबाहीको धम्की दिएकोमा आपत्ति जनाएको हो । समाचारको विषयमा खरेलसँग टेलिफोनमा भएको भनाभनलाई लिएर खरेलकै निर्देशनमा हवल्दार विष्टले मोबाइलबाट फोन गरी दयाललाई बोलाएर र भट्टलाई आफन्त कहाँ खाना खाएर फर्कदै गर्दा दुव्र्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘प्रकाशित/प्रसारित समाचारप्रति असहमति वा गुनासा भए त्यसउपर अपनाउनुपर्ने प्रशस्त मार्ग हुँदाहुँदै नागरिकको जिउधनको सुरक्षाको जिम्मेवारी बहन गर्ने प्रहरीबाट यस किसिमको कार्य हुनु निन्दनीय र दु:खद् छ’ विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाले मुलुकको सुरक्षा संयन्त्र आफ्नो भूमिका निर्वाहमा कति गम्भीर छन् भन्ने प्रष्टाएको छ ।’ महासंघले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

प्रतिक्रिया