अछामको झल्को दिने मष्टावण्डाली मन्दिर

Mandirबनेपा, १८ वैशाख । बनेपाको सिनागालमा अछामको झल्को दिने मष्टावण्डाली मन्दिर स्थापना गरिएको छ । ब्राह्मण तथा क्षत्रीले मान्दै आएका आ–आफ्ना कुलदेवताको मुख्य स्रोतसमेत मष्टावण्डाली भएको बताइन्छ । सिनागालस्थित ३१ घरधुरी गौतम परिवारले आछाममा रहेको मूल मन्दिरको दर्शन गर्न नपाएपछि बनेपामा त्यसको झल्को दिने मन्दिर प्रतिष्ठापन गरेका हुन् । मन्दिरमा गौतमका कुलदेवता रहने भए पनि मष्टावण्डाली मूर्ति स्थापना र मष्टावण्डालीमध्येका आ–आफ्ना कुलदेवताको दर्शन गर्न चाहने दर्शनार्थीका लागि विभिन्न देवीदेवताका मूर्तिसमेत मन्दिरको बाहिरी भागमा स्थापना गरिने गौतम समाज सेवा गुठीले जनाएको छ ।

प्रतिक्रिया