कारागार भित्रै तीन कैदी परिक्षा दिदै

हेटौडा,१७ बैशाख । मकवानपुरको भिमफेदीमा रहेको क्षेत्रीय कारागारबाट तीनजना कैदी कक्षा १२ को परिक्षामा सहभागी भएका छन् । कर्तव्य ज्यान र लागू औंषध मुद्धामा जेल सजाय भोगीरहेका सुरज खड्का, अमर थिङ र रामकुमार देउजा परिक्षामा सहभागी रहेको कारागार प्रमुख चिरञ्जिबि थापाले जानकारी दिए । यसबर्षको कक्षा १२ को परिक्षा आजबाट सुरु भएको हो । आज अनिवार्य अंग्रेजी विषयको परिक्षा सञ्चालन भएको थियो ।

 

प्रतिक्रिया