आयोगको निष्पक्षतामा शंका नगर : उप्रेती

Nilkantha-Upretiपोखरा, १७ बैशाख । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन आयोगको निष्पक्षतामा शंका नगर्न दलहरुलाई आग्रह गरेका छन् ।
निर्वाचन आयोगले पोखरामा आयोजना गरेको पश्चिमाञ्चलस्तरीय अन्तक्र्रिया कार्यक्रममा प्रमुख आयुक्त उप्रेतीले आयोगले निष्पक्ष भएर आफ्नो जिम्मेवारी वहन गर्ने स्पष्ट पारे । ‘आयोग कुनै एक पार्टी वा संस्थाको मात्र होइन, उनले भने, ‘ हामी कसैलाई काखा र कसैलाई पाखा गर्ने खालका काम गर्दैनौं । हाम्रो आँखाले सवैलाई समान देख्छ । ’
प्रमुख निर्वाचन आयुक्त उप्रेतीले हालसम्म १ करोड १३ लाख जनताले मतदाता सहितको नामावली संकलनमा सहभागिता जनाईसकेको जानकारी दिए । उनले नामावली छुटेकाहरुलाई यस कार्यमा सहभागिता जनाउन आग्रह गरे । विदेशमा रहेका नेपालीहरुले मतदानमा भाग लिन पाउने कि नपाउने भन्ने बारे छलफल भईरहेको उप्रेतीले जानकारी दिए ।

प्रतिक्रिया