दीप, रिमा र दुर्गा उत्कृष्ट

shiva-pariyarकाठमाडौं : दीप श्रेष्ठ र रिमा गुरुङ होडा र दुर्गा परियार उत्कुष्ट गायक–गायिका घोषित भएका छन् । श्रेष्ठ यात्रा–२ एल्बम्को बादलहरू बोलको गीतबाट गुरुङ तिमी छैनौ र मलाई बोलको गीतबाट सुगम संगीतमा तथा परियार चलचित्र ‘मायाज बार’को कुन दिनमा बाँधेछु घँघुरो बोलको गीतबाट पाश्र्व गायनमा उत्कृष्ट घोषित भएका हुन् । कार्यक्रममा यात्रा–२ एल्बम्ले भने विभिन्न पाँच विधामा अवार्ड हात पारेको छ । यसै एल्बम्को तिम्रो आँखामा बोलको गीतबाट संगीतकार राजु सिंह, संगीत संयोजक अमुल कार्की ढली, म्युजिक भिडियो मोडेल दिवस उप्रेतीले अवार्ड लिए ।
आइतबार राजधानीको राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा विभिन्न २८ विधामा अवार्ड बाँडिएको थियो । जसमा चलचित्र ‘मायाज बार’ले उत्कृष्ट पाश्र्व गायिका र उत्कृष्ट संगीतकार गरी दुई विधामा अवार्ड हात पार्‍यो ।
सर्वोत्कृष्ट राष्ट्रिय गीतको अवार्ड मागेको छ माटोले गीतबाट केएल पीडितले हात पारे भने पप गायनमा माण्डवी त्रिपाठी, गायक शोभित बस्याल उत्कृष्ट ठहरिए । लोकदोहोरीतर्फ गायिका मुना थापा मगर र एकनारायण भण्डारीले अवार्ड चुम्न सफल भए भने उत्कृष्ट लोकदोहोरी नवप्रतिभाको अवार्ड भने बालकुमार श्रेष्ठ (धर धर आँसु) ले प्राप्त गर्‍यो ।
शंकर बिसी, अञ्जु निरौला, गायक शिव परियार, नरेश भट्टराई, गायक अमिर शेख र गायिका काव्य आचार्यले अन्जु पन्त योगेन गुरुङ, श्यामश्वेत रसाइली, पत्रकार प्रदीप निरौला सविना कार्की, मधु साश्रुलगायतले समेत कार्यक्रममा अवार्ड प्राप्त गरे । यसपटक राष्ट्रिय गीत झुक्या छैन कहिल्यै बोलले पब्लिक च्वाइस अवार्ड पं्राप्त गर्‍यो । सांस्कृतिक रमझमका साथ सम्पन्न कार्यक्रममा गायक/गायिका प्रमोद खरेल, दुर्गा परियार, निशा सुनार, कलाकार देव नेपाल प्रकाश भट्टलगायत कलाकारले विभिन्न प्रस्तुतिमार्फत दर्शकलाई मनोरन्जन प्रधान गरे ।
गीतसंगीतलाई प्रोत्साहन गर्न अवार्ड आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष सुमन बैरागीले बताए ।
नेपाल चलचित्र निर्देशक समाजका नवनिर्वाचित कार्यसमितिलाई सम्मानसमेत गरिएको कार्यक्रममा सन्तोष श्रेष्ठ, शान्तिप्रिय, सबिता पोखरेल, नारायण रायमाझी, प्रदीपकुमार उदय, राधेश्याम लेकाली, मोहन निरौला, आरसी कोइराला, दुर्गा रायमाझीलगायतको उपस्थिति थियो । (सौस)

प्रतिक्रिया