मन्त्रीद्वारा युनियनको हाउगुजी भूल्न निर्देशन

Shankar-Koiralaकाठमाडौं, १६ वैशाख । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले महालेखा नियन्त्रक कार्यालयका कर्मचारी, विज्ञ र विशिष्ट गुणस्तरका भएकाले वित्तिय अनुशासनमा उनीहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
महालेखा नियन्त्रक कार्यालयको निरीक्षण भ्रमणपछि आज कर्मचारीलाई सम्बोधन गर्दै मन्त्री कोइरालाले बेरुजु अत्यधिक आइरहेको स्थितिमा आन्तरिक लेखा परीक्षणलाई प्रभावकारी तुल्याउन आग्रह गरे । उनले लेखा कर्मचारीहरुको सरुवामा व्यवस्थापन हुन नसक्दा बेलाबेलामा विवाद आउने गरेको समेत उल्लेख गरे ।
‘ट्रेड युनियनको हाउगुजी देखाएर जवाफदेहीताबाट कर्मचारी पन्छिनु हुँदैन,’ उनले भने ।

प्रतिक्रिया