रावतको नेतृत्वमा महिला समिति गठन

Indiaजवलपुर/भारत । नेपाली कांग्रेस निकट जनसम्पर्क समिति भारत अन्तर्गतको महिला समितिमा पार्वती रावतको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
जवलपुरमा आइतबार सम्पन्न सम्मेलनले ११ सदस्य कार्यसमिति चयन गरेको हो । नेपाल बिद्यार्थी संघ जवलपुर शाखाले पनि नयाँ कार्यसमिति पाएको छ ।
नेविसंघका नेता ऋषिकेशजंग शाह, भुपेन्द्र क्षत्री, लीलामणि पाण्डे, पुष्पकुमार शाही, महिला संघ भारतकी जमुना घिमिरे, कमला क्षत्रीलगायतले सम्मेलनमा सम्बोधन गरेका थिए ।
सम्मेलनमा नेपालका बिभिन्न संस्कृति झल्काउने नृत्य प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया