शिवानीलाई लिटिल प्रिन्सेस्को ताज

Sana-Tarunisकाठमाडौं : लिटिल प्रिन्सेस नेपाल २०१३ शिवानी शाह घोषित भएकी छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार आयोजित अन्तिम प्रतिस्प्रर्धामा ३७ प्रतिस्पर्धीलाई पछि पार्दै उनले यो उपाधि हात पार्न सफल भएकी हुन् । प्रतिस्प्रर्धाको निर्णायकसमेत रहेकी प्रो. डा. राज्यश्री श्रेष्ठको प्रश्न लिटिल प्रिन्सेस नेपाल २०१३ मा भाग लिएर तपार्इंले के–कस्ता कुराहरू सिक्नुभयो ? भन्नेको राम्रो जवाफसँगै शाहको हातमा उपाधि परेको हो । बालिकाहरूको अन्तनिर्हित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना भएको लिटिल प्रिन्सेस यो तेस्रो संस्करण हो । जसमा ३८ प्रतिस्पर्धीले अन्तिम प्रतिस्प्रर्धा गरेका थिए । त्यस्तै सायुरी श्रेष्ठ फस्ट रनर अप र ब्रान्डा श्रेष्ठ सेकेन्ड रनर अप भए । विजेताले उपाधिका साथमा साउन्ड सिस्टमसमेत उपहारका रूपमा प्राप्त गरे ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनमा सम्पन्न कार्यक्रममा निर्णायकहरू ए.बि.सी. ह्यान्डका अध्यक्ष सीता पाठक, प्रा. डा. राज्यश्री श्रेष्ठ, डिजाइनर तरुनिका महतो र कलाकार सुभाष थापा थिए । राज फैजुको कोरियोग्राफी रहेको प्रतियोगितामा एन्जिलिना पुरी फ्रेन्डसिप, दावा फुती शेर्पा डिसिप्लेर्न, सृष्टिका कार्की ट्यालेन्ट, कृषा थापा क्युट, सानीया गौतम वाक, सेफिया श्रेष्ठ पसर्नालिटी, ऊर्जा लिम्बू वेस्ट ड्रेस, फ्लोरा थापा मगर ब्युटिफुल स्माइल, प्रान्सु के.सी फोटोजेनिका, श्रीया महर्जन हेयर, अपेक्षा थापा ब्युटिफुल कम्प्लेक्सन र संयुक्त मल्लले भिवर च्वाइसका उपाधि प्राप्त गरे । (सौस)

प्रतिक्रिया