सेनामा माओवादीका पूर्वलडाकुको दर्जा मिलान

Nepal-Armyकाठमाडौं, १५ वैशाख । नेपाली सेनाले तालिम पुरा गरेका माओवादीका पूर्व लडाकुलाई दर्जा मिलानसहित समायोजन गरेको जनाएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले आज भद्रकालीस्थित सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गरेर ११ सय ४४ जनाको दर्जा मिलान गरेको जानकारी दिईएको हो । पूर्व लडाकुले एक महासेनानी र दुई प्रमुख सेनानी पाउने प्रवक्ता सुरेश शर्माले जानकारी दिए ।
त्यसै गरी २५ जना उपसेनानी, १६ जनाले सेनानीको जिम्मेवारी पनि पाउने छन् । समायोजन भएका पूर्व लडाकुलाई नेपाली सेनाका तर्फबाट महासेनानी रामकृष्ण अधिकारीले नेतृत्व गर्ने छन् ।
सेनाबाट ६५ र पूर्व लडाकुबाट ३५ प्रतिशतबाट लिएर बनाईने महानिर्देशनालयले बन, पर्यावरण, विपत्तमा काम गर्ने छन् ।

प्रतिक्रिया