पूर्वमन्त्री खपाङगीको अवस्था गम्भीर

काठमाडौं, १५ वैशाख । आदिवासी जनजातिका एवं पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको चिकित्सकले जनाएका छन ।
वैशाख १२ गते बा ५१ प ७३७३ नम्बरको मोटर साईकलले पुरानो बसपार्क अगाडी ठक्कर दिएर खपाङगी घाईते भएका हुन् । वीर अस्पतालको आकस्मिक कक्षमा उपचार गरारहेका पूर्वमन्त्री खपाङ्गीको स्वास्थ्यम सुधार नआएपछि थप उपचारका लागि माईतीघर मण्डलास्थित अन्नपूर्ण न्यूरोलोजी अस्पतालमा भर्ना गरिएको नेपाल आदिवासी जनजाित महासंघले जनाएको छ ।
यसैवीच, महासंघले पूर्वमन्त्री खपाङ्गीको नि:शुल्क उपाचारको व्यबस्था मिलाउन सरकारसंग माग गरेको छ ।

प्रतिक्रिया