शीर्ष नेताले विधि र प्रक्रिया मिचे: कोइराला

काठमाडौं, १५ वैशाख । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले मंसिर महिना भित्र निर्वाचन हुन नसके त्यसको जिम्मेवारी चार दलका प्रमुख नेताले लिनुपर्ने बताईएकी छन् ।
उनले मंसिरमा पनि निर्वाचन नभए शीर्ष नेताहरुको राजनीति समाप्त हुने चेतावनी पनि दिईन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा कोइरालाले निर्वाचन गर्ने नाममा विधि र प्रक्रिया मिचेर शीर्ष नेताहरुले सरकार बनाएको आरोप लगाईन् ।
‘वर्तमान सरकारले निर्वाचन गर्न नसके त्यसको जिम्मेवारी शीर्ष नेताहरुले नै लिनुपर्छ,’ उनले भनिन् ।
शीर्ष नेतृत्वको अदुरदर्शीताका कारण मुलुक समस्या भोग्नु परेको उनको आरोप छ ।
‘कुशल नेतृत्वको अभावमा मुलुकको विकास हुन सकेन,’ उनले भनिन्, ‘अबको नयां पुस्तासक्षम नेतृत्व हस्तान्तरण गर्नु पर्छ ।’
उनले माओवादीसंग डराउनु पर्ने अवस्था नरहेको बताईन् । ‘माओवादीसंग हतियार तथा लडाकु केही पनि छैन,’ उनले भनिन्, ‘ अब माओवादीसंग डराउनु पर्ने अवस्था छैन ।’

प्रतिक्रिया