नागार्जुन कप खुला राष्ट्रिय कराते हुने

काठमाडौं : नेपाल क्योकुसिन कराते, बालाजु डोजोको आयोजनामा तेस्रो नागार्जुन कप खुला महिला तथा पुरुष राष्ट्रिय क्योकुसिन कराते प्रतियोगिता यसै महिनाको २७ र २८ गते हुने
भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ ५ र महिलामा २ गरी कुल ७ स्वर्णका लागि २ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक डोजोका प्रमुख प्रशिक्षक प्रदीप थापाले जनाएका छन् । पुरुषमा ३५ केजी, ५० केजी, ५५ केजी, ६० केजी र खुला तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ५० केजी र खुलामा
खेल हुनेछ ।
प्रत्येक तौलसमूहमा पहिलो हुनेले ६ हजार, दोस्रोले ५ हजार र तेस्रोले ४ हजार नगद पुरस्कार पाउनेछन् । आयोजकका अध्यक्ष माधवराज थापाका अनुसार प्रतियोगिताको अनुमानित बजेट ९ लाख ६५ हजार रुपियाँ रहेको छ । खेल गोंगबुस्थित नयाँ बसपार्कमा हुनेछ । (सौस)

प्रतिक्रिया