क्यासिनो अन्नाका महाप्रबन्धक पक्राउ

काठमाडौं : अन्नपूर्ण होटलस्थित क्यासिनो अन्नाका महाप्रबन्धक तप्तबहादुर विष्ट पक्राउ परेका छन् ।
महानगरीय प्रहरी प्रभाग दरबारमार्गबाट खटिएको टोलीले शुक्रबार साँझ विष्टलाई पक्राउ गरेको हो । नेपालीलाई प्रवेश नगर्न दिएको चेतावनीको बेवास्ता गरेपछि विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि विष्टलाई पक्राउलगतै महानगरीय प्रहरी परिसर काठमाडौं लगिएको छ । यसअघि सोही क्यासिनोबाट ललितपुरका सहायक सिडिओ भवनाथ भट्टराईसहित ६ नेपाली पक्राउ परेका थिए । (सौस)

प्रतिक्रिया