नीलेन्द्र एसियन ट्राइथलनमा

काठमाडौं : फिलिपिन्समा शुक्रबार बसेको एसीयन ट्राइथलन महासंघ(एएसटिसि)को २२औं कंग्रेसले नेपाल ट्राइथलन एसोसिएसनका महासचिव नीलेन्द्रराज श्रेष्ठलाई महासंघको कार्यकारी समतिको सदस्यमा मनोनयन गरेको छ । कंग्रेसले चार सदस्यलाई मनोनय गरेको हो । कंग्रेसले हङकङ ट्राइगलनका अध्यक्ष फिलिप पेनालोजालाई अध्यक्षमा मनोनय गरेको छ । त्यस्तै सदस्यहरूमा नेपाल श्रेष्ठसहित चीनका पेटेर वि लिङ, मासामिट्सुका टामिकावा टोमी रहेका छन् ।
एसीयन ट्राइथलन च्याम्पिसियन शनिबारबाट सुरु हुँदै छ । सो च्याम्पियनसिपमा नेपाली ट्राइथलन खेलाडी राविजकुमार गुरुङले सहभागिता जनाउँदैन छन् । उनी नेपाल आर्मीका खेलाडी हुन् । उनले उमेर समूहतर्फ स्पिट्र डिसिपिल्नमा २८ अप्रिलमा प्रतिस्पर्धा गर्ने महासचिव नीलेन्द्र श्रेष्ठले बताए । त्यसैगरि निलेन्द्र श्रेष्ठ र धनेश्वर प्रजापतीले २५ अप्रिलमा भएको आइटियु लेवल १ टेक्निकल अफिसर कोर्स पूरा गरे । (सौस)

प्रतिक्रिया