‘भारतभ्रमण आवश्यकता भन्दा बढी प्रचार’

ramsaran mahatकाठमाडौ, १३ बैशाख ।  नेपाली काग्रेसका नेता डा रामशरण महतले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको आसन्न भारत भ्रमणलाई आवश्यकता भन्दा बढी प्रचारमा ल्याइएको टिप्पणि गरेका छन् ।
काठमाडौंमा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले भारतसंग एमाओवादीको बिग्रिएको सम्बन्ध सुधार्न दाहालको भ्रमण हुन लागेको भन्दै प्रचार गरेजस्तो महत्वपुर्ण नभएको उल्लेख गरे ।
छिमेकी देशसंगको सम्बन्ध सुधार गर्न सबै पार्टीका नेताहरुको भ्रमण हुने गरेको उल्लेख गर्दै नेता महतले भने– ‘यो राष्ट्र प्रमुखको भ्रमण होईन पार्टीको अध्यक्षको भ्रमण हो । त्यसैले यसमा पार्टीको सम्बन्ध सुधारको विषयमा बढी कुराकानी हुन्छ ।’
दाहालले अघि सारेको त्रिदेशीय साझेदारीको कुरा कमजोर कुटनीतिक ज्ञानको उपज भएको भनि टिप्पणी गर्दै डा महतले सोही कारण प्रचण्डको प्रस्तावको विषयमा परिपक्व भईनसकेको भनेर टिका टिप्पणी भएको तर्क गरे ।
नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले एमाओवादीको भारतसँगको विगतदेखिको अस्थिर सम्बन्धलाई सुधार गर्न प्रचण्डको भ्रमण केन्द्रीत हुने बताउँदै भारतलाई गालि गर्ने राष्ट्रबादलाई गल्ती ठानेर राष्ट्रको स्वार्थ अनुकुलको सम्बन्ध विकास गर्नु पर्छ भन्ने स्थितिमा माओवादी पुगेको भए त्यो मुलुकको लागि हितकर हुने बताए ।

प्रतिक्रिया