बस दुर्घटनामा ७ इजरायली नागरिक घाईते

images (1)बर्दिया, १३ वैशाख । पुर्वपश्चिम राजमार्ग अन्तर्गत नेउलापुर गाविसको भुरीगाउँ नजिक यात्रु बाहक बस दुर्घटना हुदाँ ७ जना इजरायली नागरिक सहित २० जना घाइते भएका छन् ।
पोखराबाट महेन्द्रनगर तर्फ गईरहेको ना ४ ख ४३८४ नम्बरको यात्रुबाहक बस आज विहान दुर्घटना भएको हो । बस सडक छेउको नालामा पल्टिएको थियो । दुर्घटनामा चालक समेत गम्भिर घाईते भएका छन् । घाइते ७ जना इजरायली नागरिक सहित १६ जनाको कोहलपुर स्थित मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । अन्य सामान्य घाईतेहरुको भुरीगाउँ स्थित स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।
लामो दूरीको यात्राका कारण चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।  (फाईल फोटो)

प्रतिक्रिया