बस दुर्घटनामा तीन जना गम्भिर घाईते

saptariराजविराज, १३ वैशाख । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको वकधुवास्थित महुली पुलमा आज विहान भएको वस दुर्घटनामा दशजना भन्दा बढी यात्रु घाईते भएका छन् । घाईते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट विराटनगरका लागि हिडेको ना४ख ७०८६ नम्वरको मितेरी बस बिहान करीव साढे ३ बजे पुल नजिकै अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो । दुर्घटनामा घाईते भएका मध्ये काठमाडौंको भोटेवहाल निवासी ७२ वर्षीय मोतीचन्द्र चोपडा, विराटनगर १५ निवासी गौतम तेल र ईटहरी ५ सुनसरी निवासी ५५ वर्षीय दामोदर दाहालको अवस्था गम्भिर छ ।
गम्भिर घाईते तीनै जनालाई उपचारार्थ विराटनगर पठाईएको र सामान्य घाईतेको कन्चनपुर, राजविराज लगायतका अस्पतालमा उपचार भईरहेको सप्तरीका डिएसपी श्यामसिंह चौधरीले बताए । यसैगरी विहिवार साझ पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना४ख ७७२२ नम्वरको यात्रु बसले ठक्कर दिदा सप्तरीको भारदह १ निवासी नन्दलाल मण्डलकी ४ वर्षीया छोरी सहज कुमारी मण्डल गम्भिर घाईते भएकी छिन् ।

प्रतिक्रिया