खोजखबर

मोटरसाईकलको ठक्करले पूवमन्त्री घाईते

सौर्य अनलाइन २०७० वैशाख १२ गते १२:०९ मा प्रकाशित

काठमाडौं, १२ बैशाख । मोटरसाईकको ठक्करले पूवमन्त्री गोरेबहादुर खपांगी घाईते भएका छन् ।
प्रदर्शनीमार्गमा आज दिउँसो बा ५१ प ७३७३ नम्बरको मोटरसाईकलले उनलाई ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका पूवमन्त्री खपांगीको अहिले वीरअस्पतालमा उपचार भईरहेको छ । उनलाई अस्पतालको आकस्मिक कक्षमा राखिएको छ । उनको अवस्था स्थीर रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय