प्रहरीमा भर्ती गरिदिने बहानामा ठगी

nepal policeकाठमाडौं, १० वैशाख । नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
नुवाकोट जिल्ला भद्रतारा–८ घर भएकी २८ बर्षीया शोभा सुवेदीलाई प्रहरीले सोमबार नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
उनले सुर्खेत जिल्ला गुमी–१ का २१ बर्षीय अमृत गुरुङ्ग, गुमी–३ का १९ बर्षीय रमित रानासहित ४ जनासँग प्रहरीमा भर्ती गराईदिन्छु भनेर १ लाख ६५ हजार रुपियाँ ठगी गरेकी थिईन् ।
ठगीको आरोपमा उजुरी परेपछि प्रहरीले सुवेदीलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया