जीतपुरमा आगलागी हुँदा लाखौंको क्षति

Ilamइलाम, १० वैशाख । इलामको जीतपुरमा भएको आगलागीबाट करोडौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मंगलबार मध्यराति अचानक सुरु भएको आगलागीबाट जीतपुर–१ का थीरबहादुर कटुवाल, रामप्रसाद गजुरेल र दलबहादुर राईको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।
आगलागीबाट कटुवालको नगद चार लाख ९५ हजार रुपियाँ, चार तोला सुन, चार तोला चाँदीसहित लत्ताकपडा, खाद्यान्न, पसलको सम्पूर्ण सामग्री, जग्गा धनी प्रमाणपूर्जालगायतका समाग्री जलेर नष्ट भएको छ ।
कटुवालकी छोरीको नगद २० हजार र करिब १६ लाख बरावरको दोकानको कागजात समेत जलेको छ । घरमा भएको पाँच मन धान र १० मन आदुवा समेत नष्ट भएको प्रहरीले जनाएको छ ।
गजुरेलको घरमा भाँडा पसल गर्ने भूप्रसाद पराजुलीको हार्डवेयर र खाद्यान्नको पसल जल्दा १२ लाख बराबरको क्षति भएको छ । सोही घरमा राखिएको मनकुमार तामाङको एक लाख २० हजार बराबरको काठ जलेर नष्ट भएको छ ।
आगलागीबाट दलबहादुर राईको घरमा पनि १५ लाख बराबरको क्षति भएको छ ।

प्रतिक्रिया